नेपाल प्रो क्लब च्याम्पियनसिप : आर्मीविरुद्ध केवल ५८ रनमा समेटियो पुलिस
काठमाडौँ । नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबारको खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई जितका लागि केवल ५९ रनको झिनो लक्ष्य दिएको छ । वीरगञ्जमा जारी उक्त प्रतियोगितामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले १८.४ ओभरमा अलआउट हुनुअघि ५८ रनमात्र बनाउन सक्यो ।
पुलिस क्लबका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । माथिल्ला चार ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । ओपनर दिलीप नाथ एक रनमै पेभेलियन फर्किए भने अर्का ओपनर शंकर राणाले खातासम्म खोल्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पनि ६ रनमै आउट भए ।
कप्तान आरिफ शेख तीन रन बनाउँदै पेभेलियन फर्किए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अमित श्रेष्ठले भने ११ रन बनाए । शेर मल्ल चार र सुनिल धमला दुई रनमा आउट भए । रासिद खान शून्य रनमै पेभेलियन फर्किए । नवौँ नम्बरका ब्याट्सम्यान करण केसीले टोलीका लागि सर्वाधिक १५ रन बनाए । सागर ढकाल एक रनमा आउट भए । ललित राजवंशी शून्य रनमा अविजित रहे । पुलिस क्लबले अतिरिक्त रुपमा १५ रन पाएको थियो ।
त्रिभुवन आर्मी क्लबका बलर साहब आलमले तीन विकेट लिए । उनले चार ओभरमा दुई मेडन राख्दै केवल चार रन खर्चिए । बसिर अहमदले पनि दुई विकेट लिए । सोमपाल कामी, अविनाष कर्ण र कुशल मल्लले एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण