बुटवल पश्चिमको सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान
बुटवल । बुटवल पश्चिमको राजमार्ग स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरिएको छ । निर्माण भएको ६ दशकपछि सडक स्तरोन्नतिका लागि बिहीबार बोलपत्र आह्वान गरिएको हो ।
बुटवल–गोरुसिंगे ५० किलोमिटर र गोरुसिंगे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएको छ । २०१८ सालमा निर्माणको शुभारम्भ गरेको बुटवल–चन्द्रौटा सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो ।
विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि सडक स्तरोन्नतिको काम अगाडि बढाइएको छ ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनियर होमबहादुर एसीले सडक स्तरोन्नतिका लागि रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग समन्वय भइरहेको बताए ।
हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ । सडक विस्तारमा लगभग ३० वटा साना-ठूला पुलहरु पनि निर्माण हुने छन्। यस्तै विभिन्न स्थानहरुमा १५५ वटा कल्भर्टहरु पनि निर्माण हुनेछन् । ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौताको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशसभाको बैठक सुरु, चार मन्त्रालयको बजेटमाथि छलफल जारी
-
किन स्थगित भयो प्रतिनिधिसभा बैठक ?
-
सभामुखको मान मर्दन हुने शब्द संसद्को रेकर्डबाट हटाउन माग
-
अनलाइन ठगीको दायरा बढ्दै, १६ प्रकारले ठगिन्छन् सर्वसाधारण
-
सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न !
-
फिफाको निलम्बनपछि नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक एरेना पदमुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण