शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल पश्चिमको सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान

बिहीबार, ०५ पुस २०८०, १५ : ०५
बिहीबार, ०५ पुस २०८०

बुटवल ।  बुटवल पश्चिमको राजमार्ग  स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरिएको छ । निर्माण भएको ६ दशकपछि सडक  स्तरोन्नतिका लागि बिहीबार बोलपत्र आह्वान गरिएको हो । 

बुटवल–गोरुसिंगे ५० किलोमिटर र गोरुसिंगे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएको छ । २०१८ सालमा निर्माणको शुभारम्भ गरेको बुटवल–चन्द्रौटा सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । 

विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि सडक स्तरोन्नतिको काम अगाडि बढाइएको छ ।  

बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनियर होमबहादुर एसीले सडक  स्तरोन्नतिका लागि रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग समन्वय भइरहेको बताए । 

हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ । सडक विस्तारमा लगभग ३० वटा साना-ठूला पुलहरु पनि निर्माण हुने छन्। यस्तै विभिन्न स्थानहरुमा १५५ वटा कल्भर्टहरु  पनि निर्माण हुनेछन् । ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौताको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

butwal-chandrauta-road- not

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप