प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : कर्णालीले कोशीलाई दियो झिनो लक्ष्य
बिहीबार, ०५ पुस २०८०, १५ : ३५
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबार कर्णाली प्रदेशले कोशी प्रदेशलाई जितका लागि केवल ३४ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णालीले निर्धारित १६ ओभरमा नौ विकेट गुमाएर ३३ रन बनाएको हो ।
मुलपानी क्रिकेट मैदानमा खेलिएको उक्त खेलमा कर्णालीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर किरण कुँवरले सर्वाधिक नौ रन बनाइन् । उनी कर्णाली प्रदेश टोलीकी कप्तान पनि हुन् ।
कर्णाली प्रदेशका चार ब्याटर त शून्य रनमै आउट भए । कोशी प्रदेशकी बलर अप्सरी बेगमले तीन विकेट लिइन् । एलिसा खडियाले दुई विकेट लिइन् । सबनम राई, निशा शाह र रुविना क्षेत्रीले पनि एक–एक विकेट हात पारे । खेल १६–१६ ओभरमा खेलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण