नेपाल प्रो क्लब च्याम्पियनसिप : आर्मीले सजिलै हरायो पुलिसलाई
काठमाडौँ । नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबारको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ ।
वीरगञ्जमा भएको उक्त प्रतियोगितामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले १८.४ ओभरमा अलआउट हुनुअघि ५८ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले ६.१ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
आर्मी क्लबको जितमा ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले २० रनको योगदान गरे । उनले केवल ११ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काए । कप्तानको भूमिकामा रहेका अर्का ओपनर विनोद भण्डारीले अविजित १४ रन बनाए । उनले ११ बलमा एक छक्का हिर्काए ।
कुशल मल्ल दुई रन बनाउँदै आउट भए । रोहित पौडेलले अविजित २१ रन जोडे । उनले केवल १४ बलमा दुई छक्का र एक चौका प्रहार गरे । आर्मी क्लबले अतिरिक्त रुपमा दुई रन पायो । पुलिस क्लबका बलर ललित राजवंशीले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले १८.४ ओभरमा अलआउट हुनुअघि ५८ रनमात्र बनाउन सकेको थियो । पुलिस क्लबका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
माथिल्ला चार ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । ओपनर दिलीप नाथ एक रनमै पेभेलियन फर्किए भने अर्का ओपनर शंकर राणाले खातासम्म खोल्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पनि ६ रनमै आउट भए ।
कप्तान आरिफ शेख तीन रन बनाउँदै पेभेलियन फर्किए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अमित श्रेष्ठले भने ११ रन बनाए । शेर मल्ल चार र सुनिल धमला दुई रनमा आउट भए । रासिद खान शून्य रनमै पेभेलियन फर्किए ।
नवौँ नम्बरका ब्याट्सम्यान करण केसीले टोलीका लागि सर्वाधिक १५ रन बनाए । सागर ढकाल एक रनमा आउट भए । ललित राजवंशी शून्य रनमा अविजित रहे । पुलिस क्लबले अतिरिक्त रुपमा १५ रन पाएको थियो ।
त्रिभुवन आर्मी क्लबका बलर साहब आलमले तीन विकेट लिए । उनले चार ओभरमा दुई मेडन राख्दै केवल चार रन खर्चिए । बसिर अहमदले पनि दुई विकेट लिए । सोमपाल कामी, अविनाष कर्ण र कुशल मल्लले एक–एक विकेट हात पारे ।
प्रतियोगितामा नेपालको तीनवटै विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ । यसका अतिरिक्त प्रतियोगितामा भारतका दुई टोली यूपी—११ र वन्डर्स क्लबले पनि भाग लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण