प्रधानमन्त्री कप महिला क्रिकेट : लक्ष्मीको उत्कृष्ट ब्याटिङमा लुम्बिनीले गण्डकीलाई हरायो
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबारको अन्तिम खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय दुई रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने १७ ओभरमै ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो । लुम्बिनी प्रदेशका लागि ओपनर लक्ष्मी चौधरीले ४२ रनको योगदान गरिन् । उनले ४४ बलको सामना गरी एक छक्का र चार चौका हिर्काइन् ।
कप्तान सरस्वती जीएमले १२ रन जोडिन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा २३ रन पाएको थियो । गण्डकी प्रदेशकी बलर सृष्टि जैसीले दुई विकेट लिइन् । सुमन खतिवडा र कुशुम गोदारले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशका लागि ओपनर अञ्जली विश्वकर्माले ३० रनको योगदान गरिन् । उनले ५१ बलको सामना गरी चार चौका पनि हिर्काइन् ।
अर्की ओपनर सृजना पौडेलले २३ बलमा तीन चौकाको मद्दतले १९ रन बनाइन् । सुमन खतिवडाले टोलीको खातामा अविजित ३३ रन थपिन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी सुमनले केवल १८ बलमा पाँच चौका प्रहार गरिन् ।
सिमाना केसी दुई र ज्योत्सनिका मरासिनी पाँच रनमा आउट भए । सृष्टि जैसी दुई रनमा पेभेलियन फर्किइन् भने कप्तान कुसुम गोदार एक रनमा अविजित रहिन् । गण्डकी प्रदेशले अतिरिक्त रुपमा १० रन पायो । लम्बिनीका बलर कमला जीएम, सरस्वती पुन र मधु डीसीले एक–एक विकेट लिए । प्रधानमन्त्री कपमा सातवटै प्रदेशको टोलीका अतिरिक्त एपीएफ क्लबको पनि सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण