८० प्रतिशत नेपाली ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको अध्ययनको निष्कर्ष
काठमाडौँ । झन्डै ८० प्रतिशत नेपाली ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी सोसल साइन्स बहामार्फत गरेको अध्ययन अनुसार वैदेशिक रोजगारीमा जाने ७९.८ प्रतिशत नेपाली ऋण गरेर नै वैदेशिक रोजगारीमा जाने गरेको पाइएको हो ।
ऋण लिएका मध्ये लगभग ५० प्रतिशतले ऋण तिर्न बाँकी रहेको देखिएको छ । ८८ प्रतिशतले विदेशबाट कमाएको पैसाबाटै ऋण फिर्ता गरेको पाइएको हो ।
सन् २०१४ देखि २०२२ सम्ममा २२ हजार १४८ जनामा उक्त अध्ययन गरिएको थियो । वैदेशिक रोजगारीबाट फर्किएका ७२ प्रतिशत श्रमिकले वैदेशिक रोजगारीको क्रममा बचत गर्न सक्षम नभएको पाइएको छ । उनीहरूले गन्तव्य देशहरूमा सामना गरेको विभिन्न प्रकारका समस्याहरूका कारण बचत गर्न नसकेको देखिएको हो ।
करारपत्रसँग सम्बन्धित मुद्दा, कारावास र बेपत्ता भएका/हराएकासँग सम्बन्धित मुद्दाहरूका कारण उनीहरूले बचत गर्न नसकेको देखाएको हो ।
त्यस्तै नेपाल फर्किएका आप्रवासी कामदारमध्ये ३७.६ प्रतिशत निर्वाहमुखी कृषिमा संलग्न भएको पाइएको छ । १७६.५ प्रतिशत भने बेरोजगार देखिएका छन् ।
नेपाल फिर्ता आएपछि आप्रवासी श्रमिकले उच्च लाभ हुने काम पाउन नसकेको, नेपालको श्रम बजारमा उनीहरूको सीप र ज्ञानको मेल नहुने र उचित कामका अवसरहरूको सम्भावित अभावलाई देखाएको अध्ययनको निष्कर्ष छ ।
९.२ प्रतिशतले मात्रै वैदेशिक रोजगारीबाट फर्किएपछि आफूले आर्जन गरेको सीप नेपालमा प्रयोग गर्न सकेको देखाएको छ ।
अध्ययनका लागि अन्तर्वार्ता लिएका वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिकहरूमध्ये ४४ प्रतिशतले आफू पुनः वैदेशिक रोजगारीमा जाने योजना रहेको बताएका थिए । पुनः वैदेशिक रोजगारीमा जाने योजनामा रहेकामध्ये ५४ प्रतिशतले पुनः ऋण लिएर वैदेशिक रोजगारीमा जाने योजना रहेको बताएका थिए ।
४६ प्रतिशतले पहिला नै वैदेशिक रोजगारीमा जानका लागि लिएको ऋण तिर्न बाँकी रहेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण