मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

‘सालारको कलेक्शनले फरक पर्दैन’

बिहीबार, ०५ पुस २०८०, १७ : ४६
बिहीबार, ०५ पुस २०८०

हैदराबाद । यो वर्ष झन्डै ७ अर्ब भारुमा बनेको दक्षिण भारतीय सुपरस्टार प्रभासको आदिपुरुष महाफ्लप भयो । यति बेला यिनै प्रभासको फिल्म सालार रिलिजको धमाधम संघारमा छ । 

फिल्मबारे दर्शकहरुमाझ निकै बज क्रियएट भइरहेको छ । यो फिल्मले प्रभासको डुब्नै लागेको करियरको डुंगा पार लगाउने आशा गरिएको छ । फिल्म रिलिज पूर्व फिल्मका निर्देशक प्रशान्त नीलले एउटा अभिव्यक्ति दिएका छन्, यसले फिल्मी वृत्तमा तरंग उत्पन्न गराइदिएको छ ।

सालार ४ अर्ब भारुमा बनेको फिल्म हो । यो फिल्मको कमाइले डाइरेक्टरलाई खासै फरक नपर्ने नीलले भनेका छन् । उनले यस्तो किन भने ? प्रभासले एक पछि अर्को गर्दै फ्लप फिल्म दिइरहेका छन् । प्रभासको यसअघि आएको राधेश्याम र आदिपुरुष जस्ता महँगा बजेटको फिल्म पनि फ्लप भए । यस्तोमा सालार प्रभासको करियरका लागि निकै महत्त्वपूर्ण फिल्म बनेको छ । 

निर्देशक नीलले भने, ‘फिल्मले कति कमाउँछ ? फिल्मको व्यापार कति हुन्छ ? यी सबै कुरामा म फस्न चाहन्न । मैले फिल्म बनाउन निश्चित रकम पाउँछु । सोही बजेटमा रहेर फिल्म बनाएर समयमा रिलिज गर्नु मेरो काम हो ।’

बाहुबलपछि प्रभास सबभैन्दा ठूला स्टार

बाहुबली आएपछि प्रभास सबैभन्दा ठूलो स्टार बनेका थिए । दर्शकहरुले यो फिल्मलाई सायदै कहिले बिर्सेलान् । प्रभासले एउटा फ्लप दिउन् वा २० उनलाई मात्रै एउटा हिट चाहिएको छ । शाहरुख खानका पनि कयौं फिल्म फ्लप रहे । तर यो वर्ष उनले एक पछि अर्को ब्लकबष्टर दिएर आफू कति ठूलो स्टार हुँ भनेर देखाइदिएको पनि नीलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप