हमासद्वारा तेल अभिभमा रकेट प्रहार
तेल अभिभ । हमासले गाजा पट्टीबाट इजरायलको तेल अभिभमा रकेट प्रहार गरेको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार तेल अभिभमा साइरन सुनेपछि मानिसहरूले बम सेल्टरमा शरण लिनुपरेको थियो।
इजरायलको ड्रोन प्रणालीले रकेटहरू हावामा नै नष्ट गर्न सफल भएको थियो । हालसम्म कुनै हताहतको रिपोर्ट छैन। यसैबिच इजरायली सेनाले पछिल्लो २४ घण्टामा गाजाका ३ सयभन्दा बढी लक्ष्यमा आक्रमण गरेको बताएको छ ।
गाजामा इजरायल-हमास युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसकेको छ। यस द्वन्द्वमा गाजामा हालसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिका, बेलायत, फ्रान्सलगायत धेरै देशले इजरायललाई युद्धविरामका लागि दबाब दिइरहेका छन् ।
यसैबिच, लेबनानको इरान समर्थित हिजबुल्लाहले इजरायलका शहरहरूमा राति रकेट आक्रमण गरेको छ। यी आक्रमणहरू उत्तरी इजरायलका किरियत शमोना र अन्य सहरहरूमा गरिएका छन्।
सोमबार इजरायल र लेबनानको सीमामा दुई पक्षबीच गोली हानाहान भएको थियो । अर्कोतर्फ हिजबुल्लाहले इजरायलले लगातार लेबनानी गाउँहरूलाई निशाना बनाउँदै आएको र त्यसको बदलामा रकेट आक्रमण गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण