प्रधानमन्त्री प्रचण्ड भन्छन्– म नयाँ ढङ्गले धक्का दिएर अर्को क्रमभङ्ग गर्दैछु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को क्रमभङ्ग गर्ने बताएका छन् । शुक्रवार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको चार सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले आफू तेस्रो कार्यकालमा पहिलो वर्ष पुरा गर्न लागिरहेको भन्दै अब अर्को क्रमभङ्ग गर्ने तयारीमा रहेको घोषणा गरेका हुन् ।
‘तेस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ । यो एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले धक्का दिएर, यहाँ मुख्यमन्त्रीजीले पनि भन्नुभयो क्रमभङ्ग । म साँच्चै क्रमभङ्ग गर्दैछु अर्को’, प्रचण्डले भने, ‘र त्यतिवेला आम नेपाली जनताको साथ हुने कुरामा विश्वास पनि व्यक्त गर्न चाहन्छु । ’
त्यसक्रममा प्रधानमन्त्रीले नेपालमा धेरै सम्भावनाहरू रहेको पनि बताए । ‘हाम्रो प्रकृति, हाम्रो भूगोल, हाम्रो सम्पदा, हाम्रो जनशक्ति । धेरै चिज गर्न सक्छ’, उनले भने, ‘यो विश्वास जनतामा जगाउनु छ । त्यो विश्वास हामीले एकताको बलमा ।’ उनले जनतामा आत्मविश्वास जगाउने कि निराशा भन्ने प्रश्न गर्दै भने, ‘हामीले आत्मविश्वास जगाउने काम सुरु गरेका छौ ।’
केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि छैन भनेर नकारात्मक भाष्य निर्माण गरिएकोप्रति कटाक्ष गर्दै भने, ‘मानिसहरूमा एउटा बडो नकारात्मक भाष्य निर्माण, जनतालाई निराश पार्ने, नेपाल अँध्यारो छ बस्न लायक देश छैन भन्ने गलत प्रचारको भाष्य बनेको छ । म तपाईँहरूलाई यो ऐतिहासिक दिन आम नेपाली जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षडयन्त्रबाट सावधान रहन आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण