निराशा र असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन प्रचण्डको अपिल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई निराश बनाउने, देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गरेका छन् । नेपाल विद्युत् प्राधिकरण सुनसरीको इनरुवास्थित चारसय के.भी. सवस्टेसन शुक्रवार उद्घाटन गर्दै उनले अपिल गरेका हुन् ।
मानिसका अहिले जनतालाई निराश पार्ने, नेपाल अँध्यारो मात्रै छ भन्ने भाष्य बनाएको प्रति प्रधानमन्त्री प्रचण्डले तीव्र आक्रोश पोखे । ‘अहिले मानिसमा जनतालाई निराश पार्ने, नेपाल उज्यालो कतै छैन । बस्न लायक देश होइन भन्ने बढो गलत प्रचारको भाष्य बनेको छ । ४०० के.भी. सवस्टेसन उद्घाटनको दिन जनतालाई निराश बनाउने, देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गर्न चाहन्छु’, उनले विश्वास दिलाउँदै भने, ‘नेपाल धेरै उज्यालो छ । नेपालमा धेरै सम्भावना छ । हाम्रो प्रकृति, हाम्रो भूगोल, हाम्रो सम्पदा, हाम्रो जनशक्ति धेरै चिज गर्न सक्छ । विश्वास जनतामा जगाउनु छ । एकताको बलमा जनतामा आत्मविश्वास जगाउनु छ ।’
नेपालको इतिहासमा क्रान्तिकारी कामहरू १० हजार ८०० मेगावाटको एउटै परियोजना अगाडि बढाउने निर्णय सामान्य निर्णय नभएको उनको दाबी छ । यस्तै एकहजार २०० मेगावाटको बुढी गण्डकीको जलाशययुक्त जलविद्युत आयोजना वित्तीय व्यवस्थापन गरी निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । यी आयोजनको विकाससँगै नेपालको समृद्धिको अर्को नयाँ कदम चाल्ने उनले बताए । अब सरकार एक धक्का दिएर अगाडि बढ्न चाहेको व्यक्त गर्दै त्यतिबेला आम नेपाली जनताको साथ रहने विश्वास उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण