बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

निराशा र असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन प्रचण्डको अपिल

शुक्रबार, ०६ पुस २०८०, १२ : २२
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई निराश बनाउने, देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गरेका छन् । नेपाल विद्युत् प्राधिकरण सुनसरीको इनरुवास्थित चारसय के.भी. सवस्टेसन शुक्रवार उद्घाटन गर्दै उनले अपिल गरेका हुन् ।

मानिसका अहिले जनतालाई निराश पार्ने, नेपाल अँध्यारो मात्रै छ भन्ने भाष्य बनाएको प्रति प्रधानमन्त्री प्रचण्डले तीव्र आक्रोश पोखे ।  ‘अहिले मानिसमा जनतालाई निराश पार्ने, नेपाल उज्यालो कतै छैन । बस्न लायक देश होइन भन्ने बढो गलत प्रचारको भाष्य बनेको छ । ४०० के.भी. सवस्टेसन उद्घाटनको दिन जनतालाई निराश बनाउने, देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गर्न चाहन्छु’, उनले विश्वास दिलाउँदै भने, ‘नेपाल धेरै उज्यालो छ । नेपालमा धेरै सम्भावना छ । हाम्रो प्रकृति, हाम्रो भूगोल, हाम्रो सम्पदा, हाम्रो जनशक्ति धेरै चिज गर्न सक्छ । विश्वास जनतामा जगाउनु छ । एकताको बलमा जनतामा आत्मविश्वास जगाउनु छ ।’  

नेपालको इतिहासमा क्रान्तिकारी कामहरू १० हजार ८०० मेगावाटको एउटै परियोजना अगाडि बढाउने निर्णय सामान्य निर्णय नभएको उनको दाबी छ । यस्तै एकहजार २०० मेगावाटको बुढी गण्डकीको जलाशययुक्त जलविद्युत आयोजना वित्तीय व्यवस्थापन गरी निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । यी आयोजनको विकाससँगै नेपालको समृद्धिको अर्को नयाँ कदम चाल्ने उनले बताए । अब सरकार एक धक्का दिएर अगाडि बढ्न चाहेको व्यक्त गर्दै त्यतिबेला आम नेपाली जनताको साथ रहने विश्वास उनले विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप