एपीएफ क्लबले आठ रनले हरायो भारतको यूपी–११ लाई
काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबारको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले भारतको उत्तर प्रदेशस्थित क्लब यूपी–११ लाई आठ रनले हराएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले १९ ओभरमा अलआउट हुनुअघि एक सय एक रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूपी–११ ले भने निर्धारित ओभरमा चार विकेट गुमाएर ९३ रनमात्र बनाउन सक्यो ।
यूपी–११ का लागि निखिल प्रतापले सर्वाधिक ४१ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका निखिलले ५० बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान मन्थन प्रसादले अविजित ३९ रन बनाए । उनले ५१ बलमा दुई चौका पनि हिर्काए ।
यूपी–११ का अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यूपी–११ ले अतिरिक्त रुपमा ११ रन पाएको थियो । एपीएफ क्लबका बलर अमर रौतेलाले दुई विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै १७ रन खर्चिए । नारायण जोशीले पनि एक विकेट हात पारे ।
त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबका लागि तेस्रो नम्बरका ब्याट्सम्यान हरिशंकर शाहले ३४ रन बनाएका थिए । उनले ३२ बलमा एक छक्का र दुई चौका हिर्काए । लोकेश बमले पनि १० बलमा एक छक्का र दुई चौकाको मद्दतले १५ रन जोडे ।
सुमित महर्जनले १२ बलमा एक छक्काको मद्दतले ११ रन बनाए । सातौँ नम्बरका ब्याट्सम्यान अमर रौतेला १२ रनमा अविजित रहे । एपीएफ क्लबका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफ क्लबले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो ।
यूपी–११ का बलर तरुण कुमार एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा केवल १६ रन खर्चिएका थिए । साहिम हसनले पनि दुई विकेट हात पारेका थिए । सहंशाह अहमद र वासी अन्सारीले पनि एक–एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण