फारवेष्ट पशुपति कप : स्टार सिटी युवा क्लब विजयी
सुदूरपश्चिम । धनगढी रङ्गशालामा आजदेखि सुरु भएको छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा साविक विजेता स्टार सिटी युवा क्लब विजयी भएको छ । स्टार सिटीले पुनर्वास नगरपालिका खेलकुद विकास समितिको टिमलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
स्टार सिटीको जितमा विनोद केवत र कप्तान कुँवेर सिंहले एक÷एक गोल गरे । विजयीसँगै स्टार सिटी युवा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विनोदले दोस्रो हापको पाँचौँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए । अतिक्ति समयमा कप्तान सिंहले टिमका लागि अर्को गोल थपे । उत्कृष्ट प्रदर्शन गरेर ‘म्यान अफ द म्याच’ घोषित स्टार सिटीका कप्तान कुँवेरले रु पाँच हजार पुरस्कार पाए ।
शनिबारको पहिलो खेल इलाइट युवा क्लब र अलस्टार स्पोट्र्स एकेडेमीबीच र दोस्रो खेल टेकबहादुर चोखाल फाउण्डेन र घोडाघोडी क्लबबीच हुने कार्यतालिका छ । पशुपति युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख पुस्कार पाउने आयोजक क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडी जनही रु १५ हजार पाउनेछन् । यसअघि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
सो अवसरमा शिक्षा क्षेत्रका शिवहरि मुडभरी, स्वास्थ्य क्षेत्रका डा निराजनदत्त शर्मा पौडेल, खेल क्षेत्रका फुटबल प्रशिक्षक लालबहादुर खड्का र धेरै पटक रक्तदान गरेर योगदान गरेका पत्रकार दीपक उपाध्याय नेपाललाई सम्मानित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण