एस्टन भिल्ला र सेफिल्ड युनाइटेड बराबरीमा रोकिए
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । शुक्रबार राति सेफिल्ड युनाइटेडसँग १–१ गोलको कठिन बराबरी खेल्दै १ अङ्क जोडेपनि शीर्ष स्थानको आर्सनलसँग अङ्क बराबरीमात्रै गर्न सफल भयो । हार नजिक पुगेको एस्टनलाई दोस्रो हाफको अतिरिक्त सातौँ मिनेटमा निकोलो जानिलोले उद्धार गरेका थिए ।
उनले डग्लस लुइसको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ८७ औं मिनेटमा क्यामरन आर्चरले गुस्तोभो हामरको पासमा गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता नजोगिदा सेफिल्ड पनि अङ्क बाँड्न बाध्य बन्यो ।
बराबरीपछि १८ खेलबाट ३९ अङ्क बनाउँदै एस्टन दोस्रो स्थानमा रहँदा सेफिल्ड युनाइटेड समान खेलबाट ९ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको आर्सनल ३९ अंकका साथ शीर्ष स्थानमा छ । आर्सनल र एस्टनको समान अङ्क भए पनि गोल अन्तरमा आर्सनल शीर्ष स्थानमा रहेको हो ।
प्रिमियर लिग अन्तर्गत (शनिबार) आज ६ वटा खेल हुने भएका छन् । एउटा खेल म्यानचेस्टर सिटी र ब्रेन्टफोर्डको भने स्थगित भएको छ । सिटी क्लब विश्कपका लागि साउदी अरेबियामा रहकाले यो खेल स्थगित भएको हो । क्लब विश्वकपको उपाधि भने सिटीले जितेको छ ।
यस्तै, अन्य खेलमा सवा ६ बजे वेस्टह्याम र म्यानचेस्टर युनाइटेड आमने सामने हुँदा पौने ९ बजे फुलह्याम र बर्नले, लुटन र न्युक्यासल, नटिङघम फरेस्ट र बर्नमाउथ तथा टोटनह्याम र एभर्टन खेल्ने छन् । त्यस्तै सवा ११ बजे लिभरपुल र आर्सनल आमने सामने हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
-
नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित
-
पदत्याग गर्दै भारतीय शिक्षामन्त्री प्रधानले के भने ?
-
वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै
-
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण