नेपालबाट ९२ करोडको पिना निर्यात
काठमाडौँ । चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा नेपालबाट ९२ करोड रुपैयाँ बराबरको पिना निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा ९२ करोड रुपैयाँभन्दा धेरैको पिना निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट १ करोड ८० लाख किलोग्राम पिना निर्यात भएको छ । र, नेपालबाट निर्यात हुने सबै पिना भारतीय बजारमा खपत हुने गरेको भन्सारको तथ्यांकले देखाएको छ । नेपालले विदेशी मुलुकबाट कच्चा खानेतेल ल्याउँछन् । र, त्यसलाई प्रशोधन गर्दा निस्कने पिनालाई समेत तयारी अवस्थामा बनाएर पुनः निर्यात गर्ने गरेका छन् ।
नेपालले अर्जेन्टिना, ब्राजिल, युक्रेन, बोलिभिया, रुस लगायनका मुलुकबाट कच्चा सुर्यमूखी र भटमास तथा तोरीको तेल ल्याउँछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालमा २० वटाभन्दा धेरै तेल प्रशोधन कम्पनी छन् । जसले विदेशबाट कच्चा तेल ल्याउँदै तयारी बनाएर नेपाल तथा भारतीय बजारमा बिक्री वितरण गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण