बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

शनिबार, ०७ पुस २०८०, १७ : ४६
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । 

काठमाडौँको दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय ८६ एम्पुल, फेनारगन ४ सय ८७ एम्पुल र नुर्फिन ४ सय ८२ एम्पुलसहित पर्सा वीरगन्ज महानगरपालिका-२७ कँवरी घर भएका २२ वर्षीय मुसाहयब हवारीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज ८२८४ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

  • बर्दिया, बढैयाताल गाउँपालिका-७ भत्केकोपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्राम ७ मिलिग्रामसहित भारत बहराईच ठाना मोतिपुर बलेगाउँ खमरिया बस्ने २० वर्षीय निजामुद्दिम खाँ समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
  • ईलाम, सूर्योदय नगरपालिका-७ कन्यामबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय कमल रिजाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 
  • झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन १९ ग्रामसहित लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने २९ वर्षीय दिपक गैरेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 
  • रूपन्देही, बुटवल उपमहानगरपालिका-१५ रतनपुर बस्ने २१ वर्षीय दिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 
  • यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बैङ कलोनीस्थित होटल ग्यालेक्सिबाट अवैध लागूऔषध ब्राउनसुगर २० ग्राम ७ सय मिलिग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा सखुवा प्रसौनी गाउँपालिका-२ बस्ने ३९ वर्षीय श्रीलाल प्रसाद यादव र ४५ वर्षीया उमा देवी चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले होटल तलासी गर्दा उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप