शिक्षा विधेयकले उत्पीडित शिक्षकका सबै माग पूरा गर्नेछ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको शिक्षा विधेयकले उत्पीडित शिक्षक एवं विद्यालय कर्मचारीका सम्पूर्ण माग पूरा गर्ने बताएका छन् । उनले संसदमा दर्ता भएको शिक्षा विधेयकलाई शिक्षकमैत्री बनाउन पहल गर्ने समेत बताए ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन (युएण्टो) को बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै प्रचण्डले शिक्षा विधेयकमार्फत आफ्ना माग पूरा गराउन शिक्षकहरूको लागि अनुकूल अवसर प्राप्त भएको दाबी गरे । संसदमा शिक्षा विधेयकमाथि छिट्टै छलफल शुरु हुन गइरहेको भन्दै उनले शिक्षकका पक्षमा विभिन्न संशोधन प्रस्ताव दर्ता भएको बताए । शिक्षकका समस्या समाधानमा सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शिक्षकमा समस्या रहेसम्म शिक्षा सुधार नहुने भन्दै शिक्षकका समस्या समाधान गरी उनीहरूलाई पेसाप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । उत्पीडित शिक्षकका मागहरू पूरा गर्दै राज्यले शिक्षण पेसाप्रति आकर्षण र आत्मविश्वासको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।
यसैगरी माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटाले शिक्षकका माग पुरा गर्दै राज्यले उनीहरूलाई शिक्षणसँगै खोज, अनुसन्धान र आविष्कारमा लगाउनुपर्ने बताए । अध्ययन, खोज र सिकाइ जीवन पर्यन्त चलिरहने भन्दै सापकोटाले शिक्षकहरूलाई पनि शिक्षणसँगै अध्ययन र अनुसन्धानमा केन्द्रित हुन आग्रह गरे ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन (युएण्टो) का अध्यक्ष शंकर अधिकारीले संसदमा विद्यालय शिक्षा विधेयकमाथि छलफल शुरु हुन लागेकाले शिक्षकहरूले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए । युएण्टो सदैव उत्पीडित शिक्षकको असली पहरेदार रहेको भन्दै अधिकारीले शिक्षा विधेयकलाई शिक्षक मैत्री बनाउन सङ्गठनले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
सङ्गठनको बहुउद्देश्यीय भवन शिलान्यास तथा केन्द्रीय समितिको विस्तारित बैठक एवं शिक्षक अभिमुखीकरण कार्यक्रममा काठमाडौं सिता पाइलामा निर्माण हुन लागेको सङ्गठनको बहुउद्देश्यीय भवनको प्रधानमन्त्री प्रचण्डले औपचारिक शिलान्यास गरेका थिए ।
सङ्गठनमा आबद्ध शिक्षकहरूबाट सहयोग सङ्कलन गरी केही समय अघि सङ्गठनले साढे दुई करोड रुपैयाँमा सिता पाइलामा ५ आना जग्गा खरिद गरेको थियो । सोही जग्गामा अहिले बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको हो ।
३ दिनसम्म चल्ने कार्यक्रममा अब भोलिदेखि केन्द्रीय समितिको विस्तारित बैठक एवं शिक्षक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने सङ्गठनका महासचिव कुलप्रसाद खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण