‘बुकी कप’ भलिबल आइतबारदेखि, विभागीयसहित पाँच टिम सहभागी हुँदै
गण्डकी । राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आइतबारदेखि बागलुङको गलकोटमा सुरु हुने भएको छ । पोखराको हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको सबै तयारी पूरा भएको जनाइएको छ ।
उक्त प्रतियोगितामा तीन विभागीयहित पाँच टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक मोहन केसीले बताए । उनका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र गलकोट नगरपालिकाको टिमले उक्त प्रतियोगितामा भाग लिनेछ ।
पहिलोपटक आयोजित सो प्रतियोगितामा प्रथम हुनेले नगद रु पाँच लाख, दोस्रो हुनेले रु दुई लाख ५० हजार र तेस्रो हुनेले रु एक लाख २५ हजार पुरस्कार पाउने संयोजक केसीले जानकारी दिए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु २० हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई रु १० हजार, उत्कृष्ट सेटरलाई रु छ हजार, उत्कृष्ट स्पाइकरलाई रु छ हजार, उत्कृष्ट ब्लकरलाई रु छ हजार, उत्कृष्ट डिफेन्डरलाई रु छ हजार, उत्कृष्ट सर्भरलाई रु छ हजार र म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद रु दुई हजार प्रदान गरिने संयोजक केसीले बताए ।
गलकोट नगरपालिका र गलकोट नगर खेलकुद विकास समितिसँगको समन्वय तथा नेपाल भलिबल सङ्घ, गण्डकी प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ बागलुङ, गलकोट उद्योग वाणिज्य सङ्घ र नगर भलिबल सङ्घ गलकोटसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ ।
प्रतियोगिता गलकोट नगरपालिका–६ स्थित मजुवाफाँटमा सञ्चालन हुनेछ । सोही अवसरमा साङ्गीतिक कार्यक्रम, नृत्य प्रतियोगिता ‘गलकोट डान्स आइडल’, रमाइलो मेलालगायत सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभर नेपाली सङ्गीत क्षेत्रका विभिन्न कलाकारको प्रस्तुति रहने संयोजक केसीले उल्लेख गरे ।
“धवलागिरि क्षेत्रमै पहिलोपटक सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुँदैछ, खेल पर्यटनका माध्यमबाट गलकोटलाई थप चिनाउन यो प्रतियोगिता सहयोगी बन्नेछ”, उनले भने, “पहिलो दिनको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिइनेछ, त्यसपछिका खेल अवलोकनका लागि न्यूनतम टिकट शुल्क तोकेका छौँ ।” भलिबल प्रतियोगितासहितको सांस्कृतिक कार्यक्रम यही पुस १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण