मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

बंगलादेशमा ‘एनिमल’ मा कैँची, मात्र ३ घण्टाको चलचित्र रिलिज

आइतबार, ०८ पुस २०८०, १० : ३०
आइतबार, ०८ पुस २०८०

ढाका । रणवीर कपुर अभिनीत एनिमलले भारतीय र वैश्विक बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । चलचित्र ‘एडल्ट’ सर्टिफिकेट पाएर इतिहासकै सबैभन्दा बढी आम्दानी गर्ने भारतीय चलचित्र बनिसकेको छ ।

साढे ३ घण्टाको यस चलचित्रमा कयौँ हिंस्रक र अन्तरङ्ग दृश्य रहेका छन् । हालैमा यो चलचित्र बंगलादेशमा पनि रिलिज गरिएको छ । तर, बंगलादेशको सिनेमाघरमा चलचित्रका हिंस्रक र अन्तरङ्ग दृश्य हटाएर रिलिज गरिएको हो ।

बंगलादेशको सेन्सर बोर्डले चलचित्रमा रहेका ‘एडल्ट’ दृश्यहरू नहटाएसम्म चलचित्रलाई रिलिज गर्ने अनुमति नदिने निर्णय गरेको थियो । चलचित्रका निर्माताहरू यसका लागि तयार हुँदै चलचित्रबाट करिब २७ मिनेटको दृश्यमा कैँची चलाएका थिए । यसपछि चलचित्रको रन टाइम २ घण्टा ५६ मिनेटको भएको छ ।

उता एनिमलपछि  प्रभास अभिनीत ‘सालार’ पनि बंगलादेशमा रिलिज गर्ने तयारी गरेको छ । चलचित्रले भारतमा ‘ए’ रेटिङ पाएको छ । शाहरुखको ‘डंकी’ भने बंगलादेशमा २१ डिसेम्बरमा रिलिज भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप