एपीएफलाई हराउन लुम्बिनीले १५२ रन बनाउनु पर्ने
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई जितका लागि एक सय ५२ रनको ठूलो लक्ष्य दिएको छ ।
काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको एपीएफ क्लबले निर्धारित ओभरमा केवल तीन विकेट गुमाएर एक सय ५१ रन बनाएको हो । एपीएफ क्लबका लागि ओपनर ममता चौधरीले अर्धसतकीय योगदान गरिन् ।
ममताले ५९ रन बनाइन् । उनले ५८ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । तेस्रो नम्बरकी ब्याट्र इन्दू बर्माले अविजित ७० रनको योगदान गरिन् । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएकी इन्दूले केवल ५१ बलमा एक छक्का र सात चौका पनि प्रहार गरिन् ।
ओपरन सीता रानामगरले ६ बलमा दुई चौकाको मद्दतले नौ रन बनाइन् । उनी टोलीकी कप्तान पनि हुन् । राजमती ऐरी दुई रनमा पेभेलियन फर्किइन् । रोमा थापाले अविजित तीन रन बनाइन् । एपीएफ क्लबले अतिरिक्त रुपमा आठ रन पायो । लुम्बिनी प्रदेशकी बलर सर्मिलो रोक्का र सरस्वती पुनले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण