नेपाल प्रो क्लब च्याम्पियनसिप : पुलिसले सशस्त्रलाई दियो १४१ रनको लक्ष्य
काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई जितका लागि एक सय ४१ रनको लक्ष्य दिएको छ ।
वीरगञ्जस्थित नारायणी रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४० रन बनायो । पुलिस क्लबका माथिल्ला तीन ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे ।
ओपनर दिलीप नाथाले अर्धसतक बनाए । उनले टोलीको खातामा ५६ रन थपे । उनले केवल ३८ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए । अर्का ओपनर सुनिल धमलाले पनि टोलीका लागि ३५ रनको योगदान गरे । सुनिलले ४३ बलमा तीन चौका हिर्काए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका शंकर राणाले अविजित २२ रन बनाए । उनले केवल १७ बलको सामना गरी दुई छक्का प्रहार गरे । कप्तान आरिफ शेख शून्य रनमै पेभेलियन फर्किए भने रासिद खानले पाँच रन बनाए ।
करण केसीले टोलीको खातामा नौ रन थपे । शेर मल्ल भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । अमित श्रेष्ठ शून्य रनमा अविजित रहे । पुलिस क्लबले अतिरिक्त रुपमा १३ रन पाएको थियो । एपीएफ क्लबका बलर अविनाष बोहराले तीन विकेट लिए । रमेश कुर्मीले पनि दुई विकेट हात पारे । कमल खत्रीले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण