पोखरामा मेयर कप खेलकुद सुरु
पोखरा । पोखरा महानगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलवारसम्म पोखरा रंगशालामा विभिन्न ४ विधामा प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै मेयर धनराज आचार्यले सामाजिक एकताका लागि खेलकुद सबैभन्दा उत्तम विकल्प भएको बताए । उनले खेलकै कारण सामाजिक एकता कायम रहेको सुनाए । ‘हाम्रो सबै कुरामा विभाजित भएपनि खेलकुदमा विभाजित छैन,’ उनले भने, ‘जब हामी अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश पालिकादेखि वडाका पनि केहीमा विजेता बन्छौं बधाई दिन समाज एकठाउँ हुन्छ ।’
उद्घाटन समारोहमा भएको मार्च पासमा गण्डकी आवसीय मावि पहिलो भएको छ भने सैनिक आवसीय मावि दोस्रो तथा कास्की मोडनाइज्ड एकेडेमी तेस्रो भयो । यस्तै, छात्र ३ किलोमिटर दौडमा कुमिदिनी होम्सका कृष्णबहादुर परियार पहिलो भए ।
छोरेपाटन माविका तेन्जोन रोका मगर दोस्रो र भद्रकाली माविका एमबहादुर गुरूङ तेस्रो बने । छात्रातर्फ कालिका माविकी स्वीकृति कार्की, छोरेपाटन माविकी नारायणी भण्डारी र गौरीशंकर माविकी कविता मगर क्रमशः प्रथम, द्धितिय र तृतीय बने ।
पहिलो दिन भलिबल र कबड्डीको प्रारम्भिक चरणका खेल पनि सञ्चालन गरिएको छ । प्रतियोगिताभरी ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि १ सय १० विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धा हुने खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण