मधेस प्रदेशलाई हराउन गण्डकीले ११३ रन बनाउनु पर्ने
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय १३ रनको लक्ष्य दिएको छ ।
काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेस प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १२ रन बनाएको हो ।
मधेस प्रदेशका लागि ओपनर पूजा महतोले सर्वाधिक ३८ रन बनाइन् । उनले ४३ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी सरस्वती कुमारीले पनि टोलीका लागि अविजित २६ रनको योगदान गरिन् । उनले २१ बलमा तीन चौका प्रहार गरिन् ।
यसका अतिरिक्त मधेस प्रदेशका लागि प्रतिमा शाहले मात्र दोहोरो अंकमा रन बटुल्न सकिन् । अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । अनुराधा चौधरीले नौ रन बनाइन् भने एलिसा यादब पाँच रनमा आउट भइन् ।
रोजी कडारी दुई रनमा अविजित रहिन् । मधेस प्रदेशले अतिरिक्त रुपमा पनि २२ रन पाएको थियो । गण्डकी प्रदेशका बलर सुमन खतिवडाले तीन विकेट लिइन् । उनले दुई ओभरमा १० रन खर्चिइन् । कुशुम गोदार र सृष्टी जैसीले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण