मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सुशान्त सिंह राजपूतको बायोपिक बन्न लागेको हो ?

सोमबार, ०९ पुस २०८०, ११ : ३०
सोमबार, ०९ पुस २०८०

नयाँ दिल्ली । सुशान्त सिंह राजपूत यो संसारमा छैनन् । सन् २०२० को जुन १४ मा उनी यो संसार छाडेर गइसकेका छन् । सुशान्तको निधन भएकै तीन वर्षभन्दा धेरै भइसह्यो । उनको आत्महत्याको खबर धेरैको लागि अप्रत्याशित थियो । प्रशंसकहरूसँगको कुराकानी सुशान्त सधैँ खुसी, विनम्र अनि दयालु देखिन्थे । सुशान्तको बायोपिक बन्ने हल्ला चलिरहँदा उनको नजिकको साथी भनेर दाबी गर्ने सन्दीप सिंहले यसबारे खुलासा गरेका छन् ।

सन्दीपलाई सुशान्तको बायोपिक बन्न लागेको हो भनेर सोधिएको प्रश्नमा उनले तुरुन्तै यस्तो जवाफ दिएका थिए, ‘बिलकुल होइन । मलाई लाग्छ कि मान्छेले उसलाई शान्तिसँग बस्न दिनुपर्छ । म उसको जीवनबारे कहिले पनि फिल्म बनाउँदिन । मान्छेहरूले यसको लागि आफूलाई निकै धेरै पैसा दिन्छु भनिरहेका छन् । उनीहरूलाई यो कुराको हेक्कै छैन कि यसबाट उसको परिवार, साथीभाइ र आफन्तमा कस्तो असर पर्छ । मैले उसको अन्तिम संस्कारमा उसका प्रशंसकहरूलाई पनि देखिन ।’

सुशान्त मुम्बईको बान्द्रास्थित आफ्नो फ्ल्याटमा मृत भेटिएका  थिए । प्रहरीले यसलाई आत्महत्या मानेको थियो । तर सुशान्तका प्रशंसक र परिवारका सदस्यले भने यो घटनामा सन्देह गर्दै सीबीआईले जाँच गर्नु पर्ने माग गरेका थिए । यो मागलाई केन्द्र सरकारले मन्जुरी दिएको थियो । यस घटनाबारे अहिले पनि सीबीआईले छानबिन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप