बढ्यो कन्डम आयात, ५ महिनामा १२ करोडको भित्रियो

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ५ महिनाको अवधिमा १२ करोड रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १२ करोड २ लाख रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको हो ।
तथ्यांकअनुसार यस अवधिमा १ करोड ९४ लाख वटा कन्डम नेपाल भित्रिएको छ । यस्तै, यसबापत राज्यकोषमा २४ हजार रुपैयाँ कर दाखिला भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । नेपालमा विशेष गरी चार वटा देशबाट कन्डमको आयात हुने गरेको छ ।
सबैभन्दा धेरै भारतबाट १० करोड ९४ लाख रुपैयाँभन्दा धेरैको १ करोड ८६ लाख ९२ हजार वटा कन्डम भित्रिएको छ । यसबाहेक चीनबाट २२ लाख ४० हजार रुपैयाँको भित्रिएको छ । यस्तै, कोरियाबाट ५२ लाख ४२ हजारको र मलेसियाबाट ३३ लाख ४९ हजार रुपैयाँको भित्रिएको छ ।
तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा ९ करोड २८ लाख ५८ हजार रुपैयाँको मात्रै आयात भएको थियो । यसअनुसार चालू वर्षको सोही अवधिमा २ करोड ७४ लाख रुपैयाँले आयात बढेको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'फेस अफ नेपाल २०२५' सुरू, हट्यो उचाइको मापदण्ड
-
दरबारमार्गमा स्केचर्सको पहिलो आधिकारिक स्टोरकाे उद्घाटन
-
कांग्रेसले फेरि गर्यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?
-
दोस्रो अग्निपरीक्षाको घडीमा माधव नेपाल, १८ वर्षअघिको इतिहास फर्किएला ?
-
गजेन्द्रनारायण अस्पतालमा हाजिर हुन डा. इन्द्र ढकाललाई मन्त्रालयको निर्देशन
-
विन्दवासिनी कोइलाभार साझेदारी वनबाट ४ थान गोलिया बरामद