बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तय

सोमबार, ०९ पुस २०८०, २३ : ३६
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए । 

‘पुस १० गते दिउँसो ठिक ३ बजे प्रधानमन्त्री  प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा  राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ’, उनले भने । 

सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् । 

प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप