६ फिल्म जसलाई बनाउँदा डुबे निर्माता
नयाँ दिल्ली । फिल्म एकाध घण्टाको मात्रै हुन्छ । तर यसलाई बनाउन कम्ता समय र पैसा खर्च हुन्न ।
हलमा फिल्म हेर्दा समय कतिखेर बित्यो दर्शकले पत्तै पाउँदैनन् । तर यही फिल्म बनाउन फिल्मको टिमलाई महिनौँ, वर्षौ लागेको हुन्छ । फिल्म सानो तिनो पैसामा बन्दैन । पछिल्लो समय त बिग बजेट फिल्ममा अर्बौ रुपैयाँ पानी जसरी बगिरहेका छन् । कुनै–कुनै फिल्म बनाउँदा त निर्माता कंगाल नै हुने गरेका छन् ।
फिल्म बनाउन लामो समय लाग्छ । जति धेरै महँगा स्टार फिल्मको बजेट पनि त्यति नै बढ्छ । बलिउडमा त झन् फिल्म बनाउँदा सारा सम्पत्ति घर जग्गासमेत सक्किएर निर्माता कंगाल नै भएका कयौँ उदाहरण छन् । केही महिनाअघि मात्रै बलिउड अभिनेत्री कंगना रनौतले आगामी फिल्म ‘इमरजेन्सी’ बनाउन आफ्नो सारा पुँजी लगाइदिएको बताएकी थिइन् । फिल्मकै लागि कंगनाले आफ्ना सारा सम्पत्ति धरौटीमा राखेर पैसा झिकेकी थिइन् । यस्तो गर्ने कंगना एक मात्रै भने होइन । उनीभन्दा अगाडि पनि कयौँ फिल्म मेकरले यस्तो गरिसकेका छन् । आज यस लेखमा हामीहरु यस्तै फिल्ममेकरबारे कुराकानी गर्न गइरहेका छौँ ।
मुगल–ए–आजम बनाउन आसिफमा हुटहुटी थियो, एक खालको पागलपन थियो । फिल्ममा उनले आफ्नो सारा पुँजी लगाए । फिल्म बनाउँदा बनाउँदै निर्माता कंगाल नै भए । मुगल–ए–आजम सन् १९६० मा रिलिज भएको थियो । जसलाई शताब्दीकै सर्वोत्कृष्ट फिल्म मानिएको थियो । दिलीप कुमार र मधुबालाको मुख्य भूमिका रहेको यो फिल्म बनाउन त्यति बेला नै डेढ करोड भारु खर्च लागेको थियो ।
फिल्म बनाउँदा भारतमा अंग्रेजको शासन थियो । फिल्म बनेर पूरा हुँदासम्म भारत स्वतन्त्र भइसकेको थियो । त्यति बेला एउटा फिल्म सामान्यतः १० देखि १५ लाख भारुमा बन्थ्यो । फिल्मको चर्चित गीत ‘जब प्यार किया तो डरना क्या’को नाममा पनि एउटा रेकर्ड छ । यो गीत १०५ घण्टामा लेखिएको थियो ।
यो सूचिमा राज कपूरको नाम पनि छ । सन् १९७० मा रिलिज भएको ‘मेरा नाम जोकर’ बनाउन राज कपुरले ६ वर्ष खर्चिए । यो फिल्मका लागि उनले आफ्नो घर समेत धरौटीमा राखे । फिल्म हिट हुनेमा उनी विश्वस्त मात्रै होइन ढुक्क थिए । तर उनको आशा विपरीत फिल्म फ्लप भयो । फिल्म बनाउँदाको ऋणबाट उब्रिन उनले आफ्नो छोरा ऋषि कपुरलाई लञ्च गरे । सन् १९७३ मा डिम्पल र ऋषिलाई लिएर ‘बबी’ बनाए ।
शशि कपुरले पनि एउटा फिल्म बनाउने चक्करमा आफ्नो सबै चिज गुमाए । सन् १९९० मा एउटा फिल्म रिलिज भएको थियो ‘अजूबा’ । यो फिल्मको शीर्ष भूमिकामा अमिताभ बच्चन थिए । फिल्म ८ करोड भारुभन्दा बढीको बजेटमा बनेको थियो । तर यसले जम्मा साढे ४ करोड भारु मात्रै कमायो । फिल्म नचल्दाको घाटाबाट शशि कहिले पनि माथि उठ्न सकेनन् । अजुबापछि उनले कुनै पनि फिल्म बनाएनन् ।
फिल्मकै चक्करमा बोनी कपूरको स्थिति पनि खराब भएको थियो । सन् १९९३ मा उनले एउटा फिल्म रिलिज गरे ‘रूपकी रानी चोरोका राजा’ । फिल्ममा श्रीदेवी र अनिल कपूर लिड रोलमा थिए । फिल्मको तय बजेट अरू नै थियो । तर फिल्म बनाउन ६ वर्ष लाग्यो । अनि समय बढ्दै गर्दा बजेट पनि बढ्दै गयो । तर फिल्म रिलिज भएपछि हलमा यसले दर्शकलाई तान्नै सकेन । जसका कारण बोनी कपुरलाई निकै ठूलो क्षति भयो ।
‘मेरे बीवीका जवाब नही’ फिल्म बनाउँदा निर्माताहरुको स्थिति खराब भएको थियो । फिल्ममा श्रीदेवी र अक्षय कुमार जस्ता स्टार लिड रोलमा थिए । तर जब फिल्म रिलिज भयो सिनेमाघरमा दर्शक खासै थिएनन् । जसका कारण फिल्म बक्स अफिसमा नराम्ररी असफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण