'यो मन त मेरो नेपाली हो'को बाँकी छायाङ्कन अमेरिकामा हुने
काठमाडौँ । चलचित्र “यो मन त मेरो नेपाली हो” को पहिलो चरणको छायाङ्कन सकिएको छ । अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र नेपाल र भारत गरेर तीस दिन छायाङ्कन गरिएको छ । चलचित्रको बाँकी छायाङ्कन अमेरिकामा हुने निर्देशन मित्र प्रधानले बताए ।
चलचित्रको नेपालका झापा र इलाम, भारतको सिक्किम ,दार्जिलिङ, जयगाउँ पश्चिम बङ्गाल लगायतको ठाउँमा छायाङ्कन गरिएको छ । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, मेग सुवेदी ,नारायण खाती,भुपेन्द्र लिङ्देन , सुवास भण्डारी, विजय सुब्बा लगायतको मुख्य भूमिका रहनेछ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति, निर्देशक मित्रकै निर्माण रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दै छ । चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषय बस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानको भनाई छ ।
शिवं अधिकारीको लेखन, दीपक शर्माको सङ्गीत ,सौरभ लामाको छायाङ्कन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण