बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

समाजमा नकारात्मक र हीनताबोधको डढेलो लगाइयो : प्रधानमन्त्री प्रचण्ड

मङ्गलबार, १० पुस २०८०, १७ : १८
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजमा नकारात्मक र हीनताबोधको डढेलो लगाइएको बताएका छन् । मंगलबार प्रधानमन्त्रीको एक वर्ष कार्यकाल पुरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘सकिँदैन, बन्दैन हुँदैन भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मक मरिरहेको छ’, प्रधानमन्त्रीले सम्बोधनको सुरुमा भनेका छन् ।

उनले एकथरी तत्वले नियोजित रुपमै यो मानसिकतालाई मलजल गरेको बताए । उनले देशमा सब नराम्रो मात्र भइरहेको छ भन्ने वातावरण बनाउने काम भइरहेको बताए । उनले नकारात्मक र हीन भावनाका कारण सम्भव काम पनि असम्भव बनाइरहेको बताए । 

उनले यस्तो भावनाले आफ्नै छेउको उज्यालोलाई पनि पत्याउन छाडेका छौ भन्ने तथ्यलाई स्थापित गर्न विद्युतिकरण र त्यसका सम्भावनालाई उदाहरणका रुपमा प्रस्तुत गरेका छन् । त्यसक्रममा उनले विद्युत् आयात गर्ने ठाउँबाट निर्यात गर्ने ठाउँमा पुगेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप