एआई जडित ड्रोनबाट आयोजनाकाे निरीक्षण गर्छु, अत्यावश्यक बाहेकका कार्यक्रममा जाँदिन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरव र रुपान्तरणकारी योजनाहरु अब एआई जडित ड्रोनबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गर्न लागेको बताएका छन् ।
मंगलबार साँझ देशवासीका नाममा संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब अत्यावश्यक र पूर्व निर्धारित बाहेक कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएका हुन् । प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट ठुला आयोजनाहरुको नियमित अनुगमन गर्न सुरु गरेको पनि उनले बताए ।
उनले सरकार असफल पनि नभएको र आफूले सोचे अनुसारको परिणाम पनि नआएको उनले बताए । उनले यसअघि निर्माण भएको पूर्वाधार निर्माणको जस खोसाखोस गर्न छोडेर बाँकी रहेको पूर्वाधार निर्माण सम्पन्न गर्न लागिरहेको बताए ।
उनले भने,‘कति बन्यो हैन, कति बन्न सक्थ्यो भन्ने आत्मसमिक्षामा छु । यही चिन्ताका साथ म सार्वजनिक घोषणा गर्दछु अब सरकारको कार्यशैली फेर्नेछु । अब पूर्वनिर्धारित र केही अपरिहार्य बाहेक बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दु हुनेछ ।’
उनले यही साता आफूले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको पनि जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण