बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्रीको सम्बोधन

क्रमभंगताका लागि प्रधानमन्त्रीको अपिल

मङ्गलबार, १० पुस २०८०, १७ : ३०
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘म दलहरु, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्दछु ।’

अब शीर्ष बैठकहरु सत्ताको वितरण गर्न नभई विश्व विद्यालयहरु सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने पनि उनले बताए । 

त्रिविको दीक्षान्त समारोहमा अब विश्व विद्यालयहरुमा राजनीति भागबण्डा नहुने भनेर घोषणा गरिसकेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । सञ्चारको कुनै पनि कुनामा रहेका नेपालीले विश्वविद्यालय सुधारका लागि उपकुलपतिमा दाबी गर्न सक्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप