बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

जाजरकोट र रुकुममा अस्थायी पुनर्निर्माण काम एक महिनाभित्र सम्पन्न हुन्छ : प्रधानमन्त्री प्रचण्ड

मङ्गलबार, १० पुस २०८०, १७ : ५९
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट र रुकुममा अस्थायी पुनर्निर्माण काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताएका छन् ।  

मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जाजरकोट र रुकुममा अस्थायी पुनर्निर्माण काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताएका हुन् । उनले भूकम्प पीडितका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले निकासी भइसकेको बताए । उनले विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँको व्यवस्थापन गरिएको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले जाजरकोट र रुकुमको भूकम्पपछि खोज र उद्धारमा सरकारले लिएको तदारुकताले राज्यप्रति जनताको भरोसा बढाएको उल्लेख गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप