बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा छौँ : प्रधानमन्त्री प्रचण्ड

मङ्गलबार, १० पुस २०८०, १८ : २०
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको बताएका छन् । 

मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भएपनि अपेक्षित सुधार हुन नसक्दा चिन्तित रहेको बताएका हुन् । उनले यसको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको बताए । उनले व्यापार घाटामा पनि कमी आएको बताए । उनले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशतले कम भएको उल्लेख गरे । 

प्रधानमन्त्री प्रचण्डले उपभोक्ता मूल्य वृद्धिदरलाई आम जनताले महसुस गर्नेगरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताए । उनले बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरुको ब्याजदर एकल अंकमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सबै आर्थिक र कूटनीतिक नियोगहरुलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गरे । उनले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरुलाई फिर्ता बोलाउने तयारी गरिरहेको पनि जानकारी गराए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप