आर्मीलाई हराउन एपीएफले ११५ रन बनाउनु पर्ने
काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागी टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ ।
वीरगञ्जस्ति नारायणी रंगशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय १४ रन बनाएको हो । आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले ३२ रनको योगदान गरे । उनले ३१ बलमा एक छक्का दुई चौका पनि हिर्काए ।
कप्तानसमेत रहेका अर्का ओपनर विनोद भण्डारी १० रनमै पेभेलियन फर्किए । रोहित पौडेल दुई र विवेक यादब नौ रनमा आउट भए । पाँचौँ नम्बरका ब्याट्सम्यान कुशल मल्लले २२ रन बनाए । उनले २३ बलमा एक छक्का र एक चौका पनि हिर्काए ।
भीम सार्की चार रनमै आउट भए भने सन्दीप रजालीले १६ रन बटुले । सोमपाल कामी खाता खोल्नुअघि नै पेभेलियन फर्किए । बसिर अहमद पाँच र साहब आलम चार रनमा अविजित रहे । आर्मी क्लबले अतिरिक्त रुपमा पनि १० रन पायो ।
एपीएफ क्लबका बलर अमर रौतेला सबैभन्दा प्रभावकारी देखिए । उनी एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा ११ रन खर्चिए । हरिशंकर शाहले पनि दुई विकेट हात पारे । अविनोष बोहराले पनि एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण