तीन न्यायाधीशमाथि विस्तृत छानबिन हुने
काठमाडौँ । न्यायपरिषद्मा तानिएका तीन न्यायाधीशहरूमाथि विस्तृत छानबिन हुने भएको छ । उनीहरूमाथि गरिएको प्रारम्भिक छानबिनमा कैफियत देखिएपछि विस्तृत छानबिन गरिने भएको हो ।
यसरी विस्तृत छानबिन गरिने न्यायाधीशहरूमा अम्बिका निरौला, परशुराम भट्टराई र राजकुमार कोइराला रहेका छन् । छानबिनबारे आजै राजपत्रमा प्रकाशित गरिने भएको छ । छानबिनका लागि आनन्द मोहन भट्टराईको अध्यक्षतामा प्रकाशकुमार ढुंगाना, तिलप्रसाद श्रेष्ठ विज्ञ सदस्य रहने गरी समिति गठन गरिएको छ ।
न्यायाधीश अम्बिका निरौलाले बाबुराजा रावल अपहरण मुद्दाका प्रतिवादीलाई सफाई एवं मिटरब्याजी गणेश उप्रेतीलाई सफाइ दिएको फैसलामा कैफियत देखिएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौला पछिल्लोपटक बाबुराजा रावल अपहरण काण्डका प्रतिवादी दुर्गा बहादुर बुढाथोकीलाई ‘अर्कै मान्छे’ भन्दै सफाइ दिएका थिए ।
अपहरण तथा शरीर बन्धक मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै गत असोज ५ गते न्यायाधीश निरौलाले सफाइ दिएका थिए । एउटै व्यक्ति भएता पनि ‘नाम फरक परेको’ भनी बुढाथोकीलाई सफाइ दिए निरौलामाथि आरोप लागेको छ ।
त्यस्तै २०७६ ६ कात्तिक गते जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । न्यायाधीश भट्टराईको इजलासले हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै आरोपितलाई सफाइ दिएको थियो । उनको यो फैसलामा कैफियत देखिएको छ ।
उता राजकुमार कोइरालाको इच्छाराज तामाङ प्रकरणमा वकिलसँग पैसा लेनदेनको अडियो सार्वजनिक भएको थियो । सिभिल सहकारीका पूर्व अध्यक्ष तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कोइरालासँग डिल गरेको अडियो बाहिरिएको थियो । सिभिल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रही थुनछेक बहस चलिरहेको समयमा न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेका थिए । त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पनि पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण