महिलासँगै मिर्चैयाको होटलमा बसेका पुरुषको मृत्यु
सिरहा । सिरहाको मिर्चैयास्थित एक होटलमा बस्न पुगेका एक पुरुषको मृत्यु भएको छ। मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार करिब १२ बजेतिर एक महिलासँगै बास बस्न गएका कल्याणपुर नगरपालिका २ का करिब ४० वर्षीय मुकेश प्रसाद कर्णको मृत्यु भएको हो।
पुरुष अचेत भएपछि महिलाले आत्तिँदै तल झरेर खबर गरेको होटलका सञ्चालक विजय यादवले बताए। उनले भने, ‘महिला आए लगत्तै हामी सवै जना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए। तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्यायौँ, त्यहाँ पुगे लगत्तै स्वास्थ्यकर्मीले मृत घोषित गरे।’
घटनाको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए। महिलाको विषयमा प्रहरीले थप खुलाएको छैन ।
प्रहरीले मृतकको पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने बताउँदै अहिले शव स्थानीय स्वास्थ्य संस्थामा राखिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति
-
तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन
-
माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन
-
आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री वादीको घोषणा
-
प्रतिशतमा घटे पनि शिक्षा र खेलकुदको बजेट गत वर्षभन्दा ७ अर्ब बढी : मन्त्री पोखरेल
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण