बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

गठबन्धन बलियो हुँदै गएको छ, पाँच वर्ष नै टिक्छ : प्रधानमन्त्री प्रचण्ड

बुधबार, ११ पुस २०८०, १५ : ४५
बुधबार, ११ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेकाले यो पाँचै वर्ष टिक्ने दोहोर्‍याएका छन् । बुधवार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारले राम्रो काम गरेको भन्दै टिक्ने बताएका हुन् । त्यसक्रममा उनले एकथरी तत्त्वहरूलाई सरकारको काम मन नपरेको पनि बताए ।

‘जति जे जे षड्यन्त्रहरू भएका छन् हाम्रो गठबन्धन अझ बलियो हुँदै गएको छ । अझ सुदृढ हुँदै गएको छ । र यो गठबन्धन पाँचै वर्ष जान्छ’, प्रचण्डले भने, ‘एक वर्ष न बित्यो एक वर्ष बित्दा यति काम भएका छन् भने अर्को चार वर्ष यो गठबन्धन हुँदा हाम्रो अपेक्षाहरू पूरा गर्ने दिशामा ठूला ठूला सफलता हासिल गर्न सक्छौँ’, प्रचण्डको भनाइ छ ।

उनले हिजोका सामन्तहरू सरकारले गरेको कामदेखि छटपटिएको भन्दै गठबन्धनलाई बदनाम गर्नेतिर लागे पनि उनीहरू सफल नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप