डोटीमा व्यवसायीलाई औद्योगिक उपकरण प्रदान
डोटी - डोटीमा व्यवसाय गर्दै आएका घरेलु तथा साना उद्योगीलाई ८० प्रतिशत अनुदानमा औद्योगिक उपकरण प्रदान गरिएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिको चालू आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक कार्यक्रमअनुसार घरेलु तथा साना उद्योगलाई प्रविधि सहयोग कार्यक्रमअन्तर्गत छनोटमा परेका ४९ व्यवसायीलाई सोमबार एक कार्यक्रमका बीच उक्त अनुदान वितरण गरिएको हो ।
प्रविधि सहयोग कार्यक्रमका लागि चालू आवमा रु २३ लाख २५ हजार रकम छुट्याइएको थियो । जसमा पाँच प्रतिशत ढुवानीमा खर्च गरेर बाँकी रु २२ लाख तीन हजारको लघु घरेलु तथा साना उद्योगका लागि आवश्यकताअनुसार मेशिनरी औजार, कम्प्युटर आदि प्रविधि खरिद गरेर वितरण गरिएको घरेलु तथा साना उद्योग विकास समिति डोटीका नि निर्देशक माधव सुवेदीले बताए ।
घरेलुले अनुदानमा होटेल, रेष्टुराँ, पोल्टी फर्म, फुडप्रोडक्सन, सिमेण्ट ब्लक उद्योग, पसल, फर्निचर उद्योग, कुटानीपिसानी मिल, डेरी उद्योग, सिलाइ सेण्टर, मैनबत्ती उद्योग, छाला जुत्ता उद्योग, एग्रो प्रोडक्सन प्रालि, सप्लार्र्यस, अटो वर्कसप, बाख्रापालन फर्म, कम्प्यूटर एजुकेसन, इन्सच्यूट, तरकारी उत्पादन व्यवसाय, आरन उद्योग, मासु पसल, अगरबत्ती उद्योगलगायतका लघु घरेलु तथा साना उद्योगलाई आवश्यकताअनुसारको औद्योगिक उपकरण प्रदान गरेको छ ।
व्यवसायी हर्षित
आफ्नो योजना र थोरै लगानीमा घरेलु तथा साना उद्योग विकास समितिले गरेको ८० प्रतिशत अनुदानले जिल्लाका व्यवसायी हर्षित बनेका छन् ।
राष्ट्रको आर्थिक विकास र केही सीप सिकेका व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्न पाउँदा व्यवसायीमा हर्ष देखिन्छ । घरेलु तथा साना उद्योग विकास समितिबाट विगतदेखि नै अनुदान प्राप्त गरेका दिसिनपा–४ मा व्यवसाय गर्दै आउनुभएका सफल व्यवसायी धर्मसिंह धामी अहिले सतनाम पुडप्रोडक्टबाट राम्रो आम्दानी गर्नुका साथै केही व्यक्तिलाई रोजगारी प्रदान गर्न सकेकोमा खुशी व्यक्त गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण