बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

‘प्रधानमन्त्रीको राजनैतिक प्रतिबद्धतालाई कमजोर पार्ने कोसिस’

बुधबार, ११ पुस २०८०, २० : २२
बुधबार, ११ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले गोरखामा आज आफन्तहरुसँग भेट भएको तस्बिरबारे सामाजिक सञ्जालमा गलत प्रचार भएको जनाएको छ । प्रचण्डको सचिवालयले बुधबार साँझ एक प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको राजनैतिक प्रतिबद्धतालाई कमजोर पार्ने कोसिस भइरहेको जनाएको हो । 

‘प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तहरुसँग भेट भएको र त्यतिखेर लिएको तस्बिरलाई लिएर सामाजिक संजालमा गलत ढंगले अफवाह फैलाउने काम भइरहेको छ’, सचिवालयले भनेको छ, ‘यस्ता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनैतिक प्रतिबद्धतालाई कमजोर पार्ने कोसिस भइरहेको छ। यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौं।’

गोरखामा पार्टीका कार्यक्रममा पुगेका प्रचण्डले आफन्तसँग भेट गरेका थिए । सोबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै कतिपयले प्रचण्ड सेनाको हेलिकप्टर लिएर आफन्त भेट्न गएको दाबी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप