पुटिन र जयशंकरबिच भेट, मोदीलाई रुस भ्रमणको निम्ता
मस्को । रुसको भ्रमणमा रहेका भारतीय विदेशमन्त्रीले बुधबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । भेटमा दुई नेताबिच युक्रेन युद्धदेखि विभिन्न मुद्दामा चर्चा भएको छ । राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी वर्ष रुस आउने निमन्त्रणासमेत दिएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पुटिनले विदेशमन्त्री जयशंकरलाई भनेका थिए, ‘हामीलाई हाम्रो मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसमा हेर्न पाउँदा खुसी हुनेछौँ ।’ विश्वभर उथलपुथल चलिरहँदा रुस र भारतको सम्बन्ध भने मजबुत भइरहेको राष्ट्रपति पुटिनको भनाई थियो ।
पुटिनले युक्रेनसँगको युद्धको बारेमा प्रधानमन्त्री मोदीलाई कयौँपटक जानकारी दिइसकेको पनि बताएका थिए । ‘मलाई थाहा छ, मोदीजी यो सङ्कटको शान्तिपूर्ण समाधान चाहनुहुन्छ । म उहाँसँग भेटेर यस मुद्दामा छलफल गर्न चाहन्छु,’ उनले जयशंकरसँग भने ।
रुसले दुई देशबिचको कारोबार केवल तेल, काइला र ऊर्जासँग सम्बन्धित उत्पादनमा मात्र सीमित नभएको बताएको छ । जयशंकर यसअघि रुसमा भारतका लागि राजदूत रहिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव