पुटिन र जयशंकरबिच भेट, मोदीलाई रुस भ्रमणको निम्ता
मस्को । रुसको भ्रमणमा रहेका भारतीय विदेशमन्त्रीले बुधबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । भेटमा दुई नेताबिच युक्रेन युद्धदेखि विभिन्न मुद्दामा चर्चा भएको छ । राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी वर्ष रुस आउने निमन्त्रणासमेत दिएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पुटिनले विदेशमन्त्री जयशंकरलाई भनेका थिए, ‘हामीलाई हाम्रो मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसमा हेर्न पाउँदा खुसी हुनेछौँ ।’ विश्वभर उथलपुथल चलिरहँदा रुस र भारतको सम्बन्ध भने मजबुत भइरहेको राष्ट्रपति पुटिनको भनाई थियो ।
पुटिनले युक्रेनसँगको युद्धको बारेमा प्रधानमन्त्री मोदीलाई कयौँपटक जानकारी दिइसकेको पनि बताएका थिए । ‘मलाई थाहा छ, मोदीजी यो सङ्कटको शान्तिपूर्ण समाधान चाहनुहुन्छ । म उहाँसँग भेटेर यस मुद्दामा छलफल गर्न चाहन्छु,’ उनले जयशंकरसँग भने ।
रुसले दुई देशबिचको कारोबार केवल तेल, काइला र ऊर्जासँग सम्बन्धित उत्पादनमा मात्र सीमित नभएको बताएको छ । जयशंकर यसअघि रुसमा भारतका लागि राजदूत रहिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण