अवैध रुपमा गिटी बालुवा उत्खनन् गरेको आरोपमा क्रसर व्यवसायी पक्राउ
सिरहा । सिरहामा अवैध रूपमा गिटी बालुवा उत्खनन गरेको आरोपमा क्रसर व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका ७ मा सञ्चालित कमलेश्वरी कमला प्रशोधन उद्योग प्रालिका सञ्चालक जनकपुर उपमहानगरपालिका ७ का मोहम्मद खलिल राईन रहेका छन् ।
उनलाई सिरहा डिभिजन वन कार्यालको टोलीले नियन्त्रणमा लिएको हो । उनीमाथि कर्जन्हा नगरपालिका १ बल्टीयास्थित चुरे वन क्षेत्र भित्रको कमला नदी बगरबाट अवैध रूपमा गिट्टी, बालुवा उत्खनन गरी खरिद बिक्रीमा संलग्न रहेको आरोप लागेको छ ।
सो आरोपमा राईनलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाले जानकारी दिए । चुरे वन क्षेत्र पर्ने कमला नदीको बगरमा गत शनिवार अवैध रूपमा एक्सकाभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको झाले बताए ।
सोही क्षेत्रमा अवैध उत्खनन गरी खरिद बिक्री गरेको आरोपमा राईनलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले पनि जानकारी दिए ।
‘यो क्षेत्रको ठेक्का र वातावरण सर्वेक्षणको विषयमा कुनै सहमति तथा समन्वय नभएकाले हामीले नियन्त्रणमा लिएका हौँ’ वन अधिकृत मिश्रले भने, ‘स्थानीय पालिकाले ठेक्का लगाएको भए त्यसको प्रक्रिया र आवश्यकताको आधारमा कारबाही अगाडि बढ्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण