सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा

सोमबार, २२ असार २०८३, २० : ०६
सोमबार, २२ असार २०८३

काठमाडौँ  । ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफाबार छलफलका लागि प्रतिनिधिसभाको सम्बन्धित समितिमा पठाइएको छ ।

सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राखेको प्रस्तावलाई सभाले स्वीकृति जनाएको थियो । सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप