कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी
काठमाडौं । कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. किर्तिपाल सुवेदीले जिम्मेवारी पाएका छन् ।
गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुवेदीले कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी पाएका हुन् ।
केही समयअगाडि एघारौं तहमा बढुवा भएका सुवेदीलाई कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको हो । डा. सुवेदी हाल राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा कार्यरत छन् । कोशीमा स्वास्थ्य सचिव रहेका डा यदुचन्द्र घिमिरेलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा फिर्ता बोलाइएको छ ।
यस्तै मधेस प्रदेशअन्तर्गत मुख्य मन्त्री कार्यालय अन्तर्गत रहेर काम गरेका आयुर्वेद समूहका डा. रामआधार यादवलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत रहेर काम गर्ने गरी फिर्ता गरेको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
-
सरकारको हनिमुन पिरियड सकियोः जस्तो थियो उस्तै छ फेवाताल
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा
-
५४ वर्षसम्म पनि डुम्रे–बेँसीसहर सडक स्तरोन्नति हुन सकेन
-
१९ दिनमा साढे ४० हजार मेट्रिकटन मल आपूर्ति
-
‘सरकारले देशलाई सही दिशा दिन सकेको देखिँदैन, प्राविधिक सुधार चाहिँ राम्रै छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण