आगामी सातादेखि मुर्रा राँगाको वीर्य संकलन गरिने
शुक्रबार, १३ पुस २०८०, १३ : १६
काठमाडौँ । पशु चौपायामा नश्ल सुधारका लागि ल्याइएका मुर्रा राँगाको आगामी सोमवार (पुस १६ गते) बाट वीर्य संकलन गरिने भएको छ । भारतबाट ल्याइएका मुर्रा राँगालाई कम्तीमा २१ दिनसम्म क्वारेनटाइनमा राखेर आगामी सोमबारबाट मात्रै वीर्य संकलन गर्न लागिएको हो ।
पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएका मुर्रा राँगाको सोमवारदेखि वीर्य संकलन गरिने कार्यालयका प्रमुख तथा पशु विकास अधिकृत डा.जगदीश पाण्डेयले बताए ।
एक पटकमा एउटा मुर्रा राँगाबाट २ सय ५० डोज वीर्य संकलन गरिने छ । सातामा २ पटक वीर्य संकलन गरिने राष्ट्रिय पशु प्रजनन कार्यालयले जनाएको छ । १ डोज वीर्यबापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनुपर्ने कार्यालयले जनाएको छ ।
पशु चौपायामा नश्ल सुधारका लागि गत मङ्सिरमा भारतबाट १५ वटा मुर्रा राँगा नेपाल ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
-
गोलरक्षकका लागि टाउको दुखाइ बन्दै विश्वकपको नयाँ बल ‘ट्रिओन्डा’
-
चर्को गर्मीका कारण पेरिसकाे सार्वजनिक स्थानमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
-
इरानप्रति समर्थन जनाउँदै इजिप्टका प्रशिक्षकले भने– ‘सबै टोलीप्रति समान व्यवहार गरियोस्’
-
५ सयभन्दा बढी आप्रवासी बालबालिकालाई अमेरिकाबाट निकाल्दै छन् ट्रम्प
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण