बालकुमारी घटनाप्रति अनेरास्ववियुको आपत्ति
शुक्रबार, १३ पुस २०८०, १८ : २५
काठमाडौँ । ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएकाहरूमाथि प्रहरीले गरेको दमनप्रति आपत्ति जनाए ।
दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनरत युवाहरूको माग वार्ता र संवादको माध्यमबाट समाधान गर्न अनेरास्ववियुले माग गरेको छ ।
आजको घटना घट्नुमा स्वयं सरकार र प्रहरी प्रशासन जिम्मेवार रहेको अनेरास्ववियुको ठहर छ । देशमै रोजगारी उपलब्ध गराउन नसक्ने सरकारले युवाहरूलाई बल प्रयोग गरी दमन गर्ने कार्यले राज्य प्रणाली र व्यवस्थामाथि वितृष्णा पैदा गरी मुलुकलाई थप अस्थिरता र हिंसातर्फ धकेल्न समेत सक्ने हुनाले त्यसतर्फ सचेत रहन सरकारको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण