आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बालकुमारी घटनाप्रति अनेरास्ववियुको आपत्ति

शुक्रबार, १३ पुस २०८०, १८ : २५
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएकाहरूमाथि प्रहरीले गरेको दमनप्रति आपत्ति जनाए ।

दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनरत युवाहरूको माग वार्ता र संवादको माध्यमबाट समाधान गर्न अनेरास्ववियुले माग गरेको छ ।

आजको घटना घट्नुमा स्वयं सरकार र प्रहरी प्रशासन जिम्मेवार रहेको अनेरास्ववियुको ठहर छ । देशमै रोजगारी उपलब्ध गराउन नसक्ने सरकारले युवाहरूलाई बल प्रयोग गरी दमन गर्ने कार्यले राज्य प्रणाली र व्यवस्थामाथि वितृष्णा पैदा गरी मुलुकलाई थप अस्थिरता र हिंसातर्फ धकेल्न समेत सक्ने हुनाले त्यसतर्फ सचेत रहन सरकारको ध्यानाकर्षण गराए । 

749e0db6-1f02-4669-a19f-9438121739c9

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप