नैतिक बल गुमाउँदै गएको सरकारले भौतिक बलको प्रयोग बढायो : शान्ति समाज
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले नैतिक बल गुमाउँदै गएको सरकारले भौतिक बलको प्रयोग बढाएको बताएको छ । शनिवार समाजकी महासचिव रेनुका पौडेलले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा लिप्त सरकारले नैतिक बल गुमाउँदै गएको र भौतिक बलको प्रयोग बढाउँदै गएको बताएकी हुन् ।
शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै भएको विरोध प्रदर्शनमा दुई जना युवाको मृत्यु भएको थियो ।
शनिबार शान्ति समाजले विज्ञप्तिमार्फत मानवीय क्षतिलाई टार्नुपर्नेमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जना युवाको मृत्यु भएको उल्लेख गरेको छ ।
समाजले भनेको छ,'युवाको पिडा नबुझ्ने सरकारी संयन्त्र र नागरिकको समस्या सम्बोधन नगर्ने सरकारका कारण आम नागरिकमा आक्रोश बढ्दै गइरहेको देखिन्छ । पुस १३ गते बिहानैदेखि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै सो क्षेत्रमा हजारौँ युवाहरूले प्रदर्शन गरिरहेको अशान्त स्थितिमा पार्टीको कार्यक्रममा भाग लिन हिँडेका मन्त्री प्रकाश ज्वाला चढेको गाडी सो क्षेत्रमा प्रवेश गर्नुले स्वयं मन्त्री ज्वाला र सरकारी निकायको समेत कमजोरी देखिन्छ ।'
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पुस ८ गते प्रहरी महानिरीक्षकलाई पत्र लेख्दै प्रहरीको आक्रामक एवं स्वेच्छाचारी शैलीप्रति ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण