शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाले गण्डकीले १० करोडको घर किन्ने

शनिबार, १४ पुस २०८०, १८ : २५
शनिबार, १४ पुस २०८०

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले १० करोडमा घर खरिद गर्ने भएको छ । पोखरा ८ सिर्जना चोकमा रहेको घर ९ करोड ६५ लाखमा खरिद गर्ने सम्झौता भइसकेको सचिव धनन्जय दवाडीले जानकारी दिए ।

उनका अनुसार पास समेत गर्दा १० करोडभन्दा बढी लाग्छ । ‘४ महिनाभित्र घर पार्टीको नाममा पास गर्ने सहमति भएको छ,’ उनले भने, ‘रकम चाहिँ पार्टी सदस्यबाटै उठाउने निर्णय गरेका छौँ ।’ उनका अनुसार पार्टी कार्यालयका लागि उक्त घर किन्न लागिएको हो । 

यसअघिको बैठकले प्रत्येक सदस्यबाट ५ सय नघट्ने गरी उठाउने निर्णय गरेको थियो । गण्डकीमा ६३ हजार पार्टी सदस्य रहेका एमालेको दाबी छ । पार्टी सदस्यबाट मात्रै ३ करोड १५ लाखभन्दा बढी उठ्छ । बाँकी रकम शुभेच्छुक र चन्दादाताबाट संकलन गरिने उनले बताए ।

यस्तै, एमालेले जिल्लाका अधिवेशन चैतभित्र सक्ने निर्णय गरेको छ । ११ वटै जिल्ला अधिवेशन चैतमा सक्ने र त्योभन्दा पहिले माघभित्र जनवर्गीय संगठनको अधिवेशन हुने एमाले गण्डकीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप