एमाले गण्डकीले १० करोडको घर किन्ने
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले १० करोडमा घर खरिद गर्ने भएको छ । पोखरा ८ सिर्जना चोकमा रहेको घर ९ करोड ६५ लाखमा खरिद गर्ने सम्झौता भइसकेको सचिव धनन्जय दवाडीले जानकारी दिए ।
उनका अनुसार पास समेत गर्दा १० करोडभन्दा बढी लाग्छ । ‘४ महिनाभित्र घर पार्टीको नाममा पास गर्ने सहमति भएको छ,’ उनले भने, ‘रकम चाहिँ पार्टी सदस्यबाटै उठाउने निर्णय गरेका छौँ ।’ उनका अनुसार पार्टी कार्यालयका लागि उक्त घर किन्न लागिएको हो ।
यसअघिको बैठकले प्रत्येक सदस्यबाट ५ सय नघट्ने गरी उठाउने निर्णय गरेको थियो । गण्डकीमा ६३ हजार पार्टी सदस्य रहेका एमालेको दाबी छ । पार्टी सदस्यबाट मात्रै ३ करोड १५ लाखभन्दा बढी उठ्छ । बाँकी रकम शुभेच्छुक र चन्दादाताबाट संकलन गरिने उनले बताए ।
यस्तै, एमालेले जिल्लाका अधिवेशन चैतभित्र सक्ने निर्णय गरेको छ । ११ वटै जिल्ला अधिवेशन चैतमा सक्ने र त्योभन्दा पहिले माघभित्र जनवर्गीय संगठनको अधिवेशन हुने एमाले गण्डकीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण