क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा बालकुमारी घटनाको भर्त्सना, संघर्षको कार्यक्रम घोषणा

काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाको भर्त्सना गरेको छ । सो पार्टीका प्रवक्ता कञ्चनले शनिबार विज्ञप्ति जारी गर्दै प्रहरी दमनबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाहको निधन भएकोमा भर्त्सना गरेका हुन् ।
‘वैदेशिक रोजगारीको शिलशिलामा कोरिया जान माग गर्दै आन्दोलन गरिरहेका युवाहरु पुस १३ गते प्रहरीको कुटपिट तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको निधन भएको छ । हामी प्रहरी दमनको घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँलदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै जाने भन्दै सो पार्टीले संघर्षका कार्यक्रम समेत तय गरेको छ । ‘सर्वविदित कुरा यो छ कि यो अवस्थाको अन्त्य हुनका लागि वर्तमान राज्यसत्ता र व्यवस्थाकै अन्त्य हुनु आवश्यक छ । अतः गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता सहित जनताको भयावह अवस्था बदल्ने वास्तविक राजनीतिक व्यवस्था ‘जनगणतन्त्र नेपाल’को स्थापना हो’, सो पार्टीको दाबी छ ।
संघर्षका कार्यक्रमअनुसार शनिबार सो पार्टीले मसाल जुलुस गरेको छ भने पुस १५ गते उपत्यकामा विरोधसभा, पुस १७ गते वैदेशिक रोजगार विभागमा विरोधसभा र पुस १८ गते उपत्यकामा सडक अन्तरक्रिया आयोजना गरेको छ ।
यस्तै पुस १९ गते उपत्यकामा विरोधसभा, पुस २० गते देशव्यापी कोणसभा, पुस २२ गते चक्काजाम (बिहान १० देखि १०ः३०), पुस २३ गते सिठ्ठी जुलुस (उपत्यका), पुस २४ गते उपत्यका रिङरोड परिक्रमा (मोेटर साइकल) र पुस २५ गते देशव्यापी संसदीय व्यवस्थाको विरोधमा पुत्लादहन गर्ने कार्यक्रम भएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धले रोकिएका केयर–गिभरलाई इजरायलले अवस्था सहज भएपछि भिसा दिने
-
पार्किन्सन्स रोगको सहुलियतमा उपचार हुने यी हुन् सात अस्पताल
-
नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको बिदाइ
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
एमआरपीमा ९२ कम्पनीलाई करोड बढी जरिवाना, अझै कडाइ गर्ने विभागको अडान
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण