नैतिकताका आधारमा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्छ : कृष्णगोपाल श्रेष्ठ
काठमाडौँ । एमाले सांसद कृष्णगोपाल श्रेष्ठले बालकुमारी घटनापछि प्रधानमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । अर्का सांसद रघुजी पन्तले सरकारको गल्तीबाट अनाहकमा युवाहरू मारिएको भन्दै बालकुमारी घटनामा सरकारले घोषणा गरेको क्षतिपूर्ति कम भएकाले बढाउनुपर्ने बताएका छन् । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा बालकुमारी घटनाबारे भएको छलफलमा बोल्दै सांसद पन्तले एकपछि अर्को समस्या सरकारकै कारण थुप्रिरहेको बताए । उनले सरकारको सुशासनको नारा नारामै सीमित भएकाले बालकुमारी घटना हुन पुगेको बताए ।
‘सरकारले गरिरहेका कामको असन्तोष बालकुमारी घटनामा विस्फोट भएको हो । गृहमन्त्रीज्यू तपाईं राजीनामा दिनुहुन्छ हुन्न त्यो तपाईको कुरा भयो । त्यस कारण आयोग बनाएर र केही कर्मचारीलाई निलम्बन गरेर समाधान निस्कँदैन’, पन्तले भने, ‘यो घटना अरू जस्तो होइन । सरकारको गल्तीले मान्छे मरेका हुन् । त्यस कारण सरकारले दिने क्षतिपूर्तिको रकम बढाउनुस् र परिवारका सदस्यलाई रोजगारी दिनुस् ।’
सांसद कृष्णगोपाल श्रेष्ठले पुस १३ गत दुई जना युवाको हेर्दाहेर्दै जीवन गएको भन्दै त्यो सरकारबाट भएको हत्या भएकाले सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए । ‘सरकार नै समग्रतामा नालायक, असफल र निकम्मा भएकाले वर्तमान सरकारका प्रधानमन्त्रीले नै नैतिकताका आधारमा राजीनामा दिँदा सबभन्दा राम्रो’, श्रेष्ठको भनाइ छ । उनले १३ गते मन्त्रीलाई त्यो ठाउँमा जानुहुन्न भन्ने थाहा नभएको हो ? भनेर प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण