सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म प्रचार मेला महोत्सवमा सौगात

सोमबार, १६ पुस २०८०, १२ : ३५
सोमबार, १६ पुस २०८०

काठमाडौंँ । माघ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘हात्तीछाप’ । फिल्म युनिटले अहिले प्रचार प्रसारणमा छ । यस्तैमा अभिनेता सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगेर फिल्मको प्रचारप्रसार गरिरहेका छन् ।

फिल्मका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणि नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर फिल्मको प्रचार गरेका हुन् । 

सौगात मल्लले नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेका छन् । यी महोत्सवमा उपस्थित भएका मल्लले दर्शकलाई आफ्ना फिल्मका हिट संवादहरु सुनाएका थिए ।

अभिनेता सौगात मल्लले पनि दर्शकको उत्साहजनक साथ पाउँदा खुशी लागेको बताएका छन् । महोत्सवमा पुग्दा दर्शकले फिल्म र आफूप्रति देखाएको मायाले झनै उत्साह थपिएको सौगातको भनाई छ । 

यस्तै कलाकार कमलमणि नेपालले पनि दर्शकलाई पेट मिचिमिची हँसाएका थिए । सौगातलाई देख्दा दर्शकहरुमा उत्साह देखिएको थियो । दर्शकहरुले नायक मल्लसँग माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ हेर्नका लागि आफूहरु उत्साहित भएको बताएका थिए ।

‘दर्शकहरुमा फिल्म प्रति उत्साह रहेको  । यसले, हामीलाई निकै खुशी बनाएको छ’ निर्माता नेपालीले भने ।  ‘हात्तीछाप’ लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप